हिमालयन रि इन्स्योरेन्सका कर्मचारीले बीमा कम्पनी थर्काउन थाले

५ जेष्ठ २०७९, बिहीबार १६:१८

काठमाडौं । निजि क्षेत्रमा सञ्चालित हिमालयन रि इन्स्योरेन्स नामक कम्पनीका कर्मचारीहरुले निजि बीमा कम्पनीहरुको पुनर्बीमा विभागमा फोन गरेर धम्कीपूर्ण तरिकाले व्यवसाय माग्न थालेका छन् ।

एक निर्जिवन बीमा कम्पनीका कर्मचारीले दिएको जानकारी अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीका कर्मचारीले आफू अर्थमन्त्री शर्माको नजिकको मान्छे भएकोले पुनर्बीमा व्यवसाय दिन दवावपूर्ण टेलिफोन गरेको जानकारी गराएका छन् । नेपालमा सञ्चालित सबै पुनर्बीमा कम्पनीहरुलाई हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई व्यवसाय दिन बीमा समितिले गत मंसिर ९ गते अनिवार्य रुपमा सबै पुनर्बीमा नेपालमै गर्नुपर्ने निर्णय गरेपनि बीमा कम्पनीहरुले अटेर गरेपछि हिमालयन रिले अर्थमन्त्रालय निकट व्यक्तिलाई टेलिफोनमार्फत दवाव दिन लगाएको बुझिएको छ ।

हिमालयन रिबाट कसले टेलिफोन गरेको हो भन्ने खुल्न सकेको छैन । यद्यपि मार्केटिङको कर्मचारी बताउने पश्चिमतिरका लवच भएका व्यक्तिले टेलिफोन गर्ने गरेको बीमा कम्पनीका पुनर्बीमा विभागका कर्मचारीहरुको गुनासो छ ।

कूल सात अर्ब चुक्ता पुँजि रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार ३० करोड ५५ लाख मात्रै आम्दानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*