रिलायन्स लाइफ र उद्यमशिलता बहुउद्देश्यीयबीच सम्झौता, लघुवित्तमा आवद्ध ग्राहकलाई म्यादी बीमा

५ जेष्ठ २०७९, बिहीबार १७:१३

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ ।दुुई कम्पनीकाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको हो ।

सरल तथा सहज वीमाका लागि भरपर्दाे वीमा कम्पनीका रुपमा परिचित रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्था लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन खनालले सम्झौतामा हस्ताक्षर गरेका छन ।

बनस्थली, काठमाडौंमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता विकास गर्नका लागि विना भेदभाव “सवैका लागि, सधैका लागि” भन्ने मुलमन्त्रका साथ लघुवित्त कार्यक्रम संचालन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*