कोरोनाबाट निधन चापागाईको परिवारले रिलायन्स लाइफबाट पाए ४१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
![](https://www.beemapost.com/wp-content/uploads/2022/05/Screenshot_11-6.jpg)
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कोभिडबाट मृत्यु भएका बीमित प्रज्जवल चापाँगाईको परिवारलाई चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले मृतक प्रज्जवल चापाँगाईको श्रीमती सिमा चापागाईलाई ४१ लाख ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।मृतक प्रज्जवल चापाँगाईको ४६ बर्षमा कोभिडको कारण मृत्यु भएको थियो ।
ईलामको जिवसको हलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल तथा ईलाम नगरपालिकाका अध्यक्ष केदार थापाद्धारा संयुक्त रुपमा मृतकको परिवारलाई चेक हस्तान्तरण गरेको हो । कार्यक्रममा कम्पनीका सेल्स हेड सूर्य प्रकाश गुप्ताले बीमाको महत्वबारे बुझाएका थिए ।
साथै कार्यक्रममा कम्पनीबाट अनोज थापा, पवित्रा भुजेल, शाखा प्रमुख लक्ष्मण चम्लागाई, जिसस प्रमुख गणेश बराल, नगर प्रमुख केदार थापा, वडा अध्यक्ष नरेश श्रेष्ठ, पत्रकार महांसघका अध्यक्ष विप्लव भट्टराईको उपस्थिती रहेको थियो ।
उक्त दाबी भुक्तानी कार्यक्रममा ६० जनाको उपस्थिती रहेको थियो ।