नेपाल पुनर्बीमाले तीन दिने तालिमका लागि निर्जिवन बीमाका सिईओलाई माल्दिभ्स लैजादै

१२ जेष्ठ २०७९, बिहीबार १४:५५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भने निर्जीवन बीमा कम्पनीका सिइओहरुलाई वैदेशिक भ्रमणमा लाने भएको छ। कम्पनीले तीन दिने बीमा तालिमको लागि माल्दिभ्स भ्रमण लैजाने भएको हो। कम्पनीले हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीका सिईओहरुलाई माल्दिभसमा १७ ,१८ १९ गते तालिम गराउने भएको हो ।

तीन दिने तालिममा बीमा समितिबाट कार्यकारी निर्देशक राजुमरण पौडल समेत सहभागी हुनेछन् । हिमालयन रि इन्स्योरेन्स कम्पनी प्रतिपर्धी रुपमा आएसँगै नेपाल पुनर्बीमा कम्पनीले निर्जिवन बीमा कम्पनीको सिईओहरुलाई भ्रमण र तालिम व्यवस्था गर्दै आएको छ ।

यसअघि कम्पनीले सम्पूर्ण निर्जिवन बीमा कम्पनी सिईओहरुलाई चितवन भम्रण गराएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*