हिमालयन रि इन्स्योरेन्सद्धारा गैर कानुनी निर्णय, विशेष साधारणसभा गर्न नपाउने !

१२ जेष्ठ २०७९, बिहीबार १६:५१

काठमाडौं । तीन अर्ब घुस सेटिङमा गैर कानुनी रुपमा बीमा समितिमा दर्ता भई सञ्चालन अनुमति जारी रहने वा रोकिने भन्ने अन्योलता रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालन भएको एक वर्ष समेत नपुगी प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव सहित विशेष सधारणसभा आहवान गरेको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीको गत बैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २७ गते विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरे बमोजिम आज सूचना प्रकाशित गरी विशेष साधारणसभा आह्वान गरेको छ । नेपाल सरकारले बैंक तथा वित्तिय संस्थामा प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नदिने भन्दै हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले एक वर्षदेखि प्रिमियम मूल्यमा आईपिओ जारी गर्न खोज्दा अनुमति नपाई अल्झिएर बसिरहेको अवस्था छ ।

आईपिओ जारी गर्न तीन वर्ष पुगेको हुनुपर्नेमा एक वर्ष समेत नपुगेको कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव सहित विशेष साधारणसभा आयोजना गर्न लागेको हो ।

नेपालमा हाल प्रचलनमा रहेको कम्पनी ऐनको दफा २९ को उपदफा उपदफा ९४० मा भने प्रिमियम मूल्यमा आईपिओ जारी गर्न तीन वर्षको लेखा परीक्षण भएको विवरण पेश गर्नुपर्ने उल्लेख छ । तर, हिमालयन रि इन्स्योरेन्स कम्पनीले अर्थमन्त्री जनार्दन शर्माको नाम भजाउँदै बीमा समिति र नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई धक्याउँदै यस्तो प्रस्ताव अघि सारेको हो ।

गैर कानुनी र बीमाको सामान्य सिद्धान्त विपरतका निर्णयहरु गराई बीमा समितिबाट नीतिगत भ्रष्टाचारजन्य निर्णय गराउन सफल हिमालयन रि इन्स्योरेन्स कम्पनीले एक पछि अर्को गर्दै अबैध कार्य गर्दै अघि बढिरहेको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीले वर्षदिन नपुग्दै विशेष साधारणसभा आह्वान गरेको विषयमा बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलसँग सम्पर्क गर्दा केही बताउन चाहेनन् । हिमालनय रि इन्स्योरेन्स कम्पनीबाट हुने गरेको अबैध र गैर कानुनी हर्कतहरु बीमा समितिबाट नरोकिने हुँदा दण्डहिनता अन्त्य कानुनी राज्य स्थापनाको लागि अब अन्यत्रबाटै विकल्प खोजिनुपर्ने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*