अन्न प्राशनमा रिलायबल बाल शुलभ जीवन बीमा प्लस उपहार, अभिभावको समेत रक्षावरण

१२ जेष्ठ २०७९, बिहीबार १७:३९

काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो आफ्ना र आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।

यसैक्रममा सुनौलो भविष्यको कामना गर्दै चितव भालुमाराको इच्छाकामना-७ निवासी धर्मराज चेपाङ र सङ्गीता प्रजाले अन्न प्राशनको अवसर पारी आफ्नो छोरा समर्पण प्रजालाई बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफनो सन्तानको लागि कम्पनीको रिलायबल बाल शुलभ जीवन बीमा प्लस दिएका हुन् । कम्पनीको एजेन्सी म्यानेजर देवी चालिसे उक्त बीमा गराएकी हुन् ।

बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा एमडिआरटी धर्मेन्द्र जंग रायमाझी,चिफ एजेनसी मयानेनजर गंगा कुमारी रायमाझी र एमडिआरटी मुना आचार्य सुवेदीको उपस्थिती रहेको थियो।जीवन बीमाले अनिवार्य बचत र सुरक्षा प्रदान गर्ने भएकाले पोलिसी उपहारले सकारात्मक सन्देश जाने धर्मेन्द्र जंग रायमाझी रायमाझीले बताएका थिए ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले रिलायबल नेपाल लाइफको बाल शुलभ जीवन बीमा प्लस योजना दिएको अभिभावकले कार्यक्रममा बताएका थिए ।

यस बीमा योजनामा सन्तानको साथै अभिभावकको पनि घातक र दुर्घटना पनि रक्षावरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको यस नयाँ बीमा योजनामा बीमितहरुको आकर्षण बढ्दै गएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*