बीमा अभिकर्ताबाट असारभित्रै सबै ऋण असुल गर्न बीमा समितिको निर्देशन

१२ जेष्ठ २०७९, बिहीबार १८:०८

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन दिएको छ। कम्पनीले जीवन बीमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन दिएको हो ।

समितिले अभिकर्तालाई दिएको कर्जा तथा सापटीको विवरणलाई हेर्दा सन्तोषजनक रुपमा असुल नभएको कारण निर्देशन दिएको जनाएको छ।

त्यसैले समितिले असार मसान्तभित्र त्यस्ता सम्पूर्ण नगद कर्जा रकम फरक फरक गरी समितिमा जानकारी गराउन सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*