१९ जीवन कम्पनीका पुनर्बीमा विभागका प्रमुखलाई हिमालयन रिले नगरकोटमा भव्य भोज खुवाउँदै

१२ जेष्ठ २०७९, बिहीबार १९:२१

काठमाडौं । विवादित हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज राति नगरकोटमा भव्य भोजको आयोजना गर्दैछ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीका पुनर्बीमा विभागका प्रमुखहरुलाई हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज भव्य भोज खुवाउन लागेको हो ।

मदिरापान तथा विशेष व्यवस्थासहित नगरकोटमा आयोजित पार्टी भोलिसम्म सञ्चालन हुनेछ । भोलि विहान सबैलाई कार्यालयमा पुर्याइने दिने शर्त राखेर हिमालयन रिले आमन्त्रण गरेको एक जीवन बीमा कम्पनीका पुनर्बीमा विभागका प्रमुखले बीमापोष्टलाई जानकारी दिए । उनले भने, माफियाले चलाएको कम्पनीलाई सरकारले नै जबरजस्ती पुनर्बीमा व्यवसाय दिनु भनेपछि हाम्रो के लाग्छ र ?’

हिमालयन रि इन्स्योरेन्स तालिम भनेर आमन्त्रण गरेर भोज खुवाई व्यवसाय दिन पुनर्बीमा विभागका कर्मचारीहरुलाई प्रभावित पार्न खोजेको जनाइएको छ ।

उता, बीमाको सिद्धान्त बिपरित बीमा समितिले पुनर्बीमा व्यवसाय स्थानीयकरण गरेको भन्दै केही जीवन बीमा कम्पनीहरुले भने हिमालयन रि इन्स्योरेन्स कम्पनीको पार्टी बहिस्कार गर्न लागेको खवर छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*