मर्जरमा जाने कम्पनीसम्वद्ध कर्मचारी संघले निकाले बक्तव्य

१२ जेष्ठ २०७९, बिहीबार १९:०१

काठमाडौं । मर्जरमा जाने कम्पनीसम्वद्ध कर्मचारी संघले वक्त्व्य निकालेको छ। हालै मात्रै विग मर्जरमा जान प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले ट्रेड युनियनसित परामर्श गरेर मात्रै कर्मचारी समायोजन गर्न आग्रह गरेको छ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको सम्बन्धमा कुनै पनि निर्णय गर्नका लागि आधिकारिक ट्रेड युनियन कर्मचारी संघको प्रतिनिधि समेत रहने गरी एउटा उप समिति गठन गर्न माग गरेका छन् ।

त्यस्तै, कम्पनीको पुँजीगत आधारलाई मजबुत गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न तथा लगानीकर्ता लगायत सरोकारवालाहरुको दिर्घकालीन हित संरक्षण गर्नको लागि गरिएको सम्झौता प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको ट्रेड युनियनले वक्त्यवमा उल्लेख गरेको छ।

कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको बृहत्तर हितलाई ध्यानमा राखी मर्जरको कार्यलाई अगाडी बढाँउदा प्राइम लाइफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको बृहत्तर हितलाई ध्यान दिन संघले माग गरेको छ ।कर्मचारी संघले औल्याएका विषयहरुमा कर्मचारीसँग सम्बन्धित विषयहरुमा यथोचित परामर्श नभई मर्जर प्रकृया अघि बढेमा संघले जस्तो सुकै निर्णय लिन बाध्य हुने भन्दै चेतावनी समेत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*