बीमा समितिले बीमा कम्पनीहरुलाई किन लगायो नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक ?

१३ जेष्ठ २०७९, शुक्रबार १४:४८

काठमाडौं । पुँजि नपुराएका बीमा कम्पनी र मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई बीमा समितिले नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले भने, समितिले पुँजि वृद्धि र मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्नामा रोक लगाइएको हो । कम्पनी आफै वित्तिय रुपमा मजबुत नभए शाखा विस्तार गरेर मात्रै समस्याको सामाधान नहुने पौडेलको भनाई छ ।

आधा दर्जन बीमा कम्पनीहरुले मर्जरको प्रारम्भिक सम्झौता गरिसकेको छन् भने कतिपय कम्पनीले मर्जरको लागि उपयुक्त कम्पनी खोज्ने तयारी गर्दैछन्, त्यसैले हाललाई त्यस्ता कम्पनीहरुले नयाँ शाखा कार्यालय र कर्मचारी थप्न नपाउने उनले बीमापोष्टलाई बताए । मर्जरमा गएका कम्पनीहरुमा नयाँ नियुक्त दिने प्रकृयाले पछि समस्या निम्त्याउने भएकाले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको छ।

बीमा समितिले यसअघि चुक्ता पुँजि बढाउन निर्देशन बुझाईसकेको छ। समितिले आर्थिक बर्ष २०७९ चैत मसान्त भित्र तोकिएको पूँजी पुर्याउन निर्देशन दिइएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*