मेट लाइफको प्रिमियम ईसेवाबाट भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

२३ जेष्ठ २०७९, सोमबार १४:१५

काठमाडौं । ईसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको मेट लाइइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ ।इसेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ ।

यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ ।

यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा एक लाख रुपैयाँ जित्न सकिनेछ ।साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

देशभर एक लाख ५० हजार भन्दा बढि एजेन्ट ९इसेवा जोन तथा पोइन्ट० रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*