नेपाल लाइफ इन्स्योरेन्सद्धारा १०० वटा ह्वीलचियर हस्तान्तरण

२३ जेष्ठ २०७९, सोमबार १४:५५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरि औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*