बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२४ जेष्ठ २०७९, मंगलवार १७:५९

काठमार्डौं । नगर विकास कोषको अगुवाईमा साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत रहेका पहिलो र दोस्रो चरणका खानेपानी उपभोक्ता संस्थाहरुको आयोजनाको बीमा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

खानेपानी आयोजनाहरुको संरचनाहरुमा प्राकृतिक प्रकोप वा अन्य कुनै भवितव्यबाट हुनसक्ने जोखिमको न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । आयोजनाहरुमा बीमा प्रणाली अवलम्बन गराउने उद्देश्यले कोषको लगानी समेतमा निर्माण भएका उपभोक्ता संस्थाहरुको सबै अध्यक्षको सहभागितामा गत जेष्ठ २३ गते कार्यक्रम सम्पन्न भएको हो ।

नगर विकास कोषको सेवाग्राही संस्थाहरुको क्षमता विकास कार्यक्रम अन्तर्गत पूर्वाधार विकासमा कोषको लगानीको महत्वपूर्ण क्षेत्र मध्ये खानेपानी क्षेत्र पनि एक हो ।
यस बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट वर्षेनी प्राकृतिक विपद्का कारण उपभोक्ता संस्थाहरुबाट आयोजनाहरुका लागि ठूलो मात्रामा भैरहेको र्ममत सम्भार खर्चमा कमी ल्याउन मद्दत पुग्ने आशा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*