अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आईतबार पनि खुल्ने

२४ जेष्ठ २०७९, मंगलवार १९:१६

काठमाडौं। अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् ।

सरकारले दुई दिन बिदा दिने निर्णय गर्दा अधिकांश बैंकहरु आइतबार बन्द भएका थिए भने शुक्रबार अन्य कार्यदिन जस्तै पुरा समय खुला भएका थिए । अब भने सरकारको थप नयाँ निर्णय अनुसार बैंकहरु शुक्रबार आधा दिन मात्रै खुल्ने र आइतबार पनि पूर्ण रुपमा खुल्ने भएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले अब बैंकहरू आइतबार खुल्ने बताएका हुन् । उनले सरकारले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेसँगै बैंकहरू पनि स्वतः खुल्ने बताए ।त्यस्तै, आइतबार पूर्ण रुपमा बन्द हुँदै आएका बीमा कम्पनीहरु पनि अबदेखि आइतबार पनि खुल्ने छन् । राष्ट्र बैंकले पनि सरकारको निर्णय अनुसार नै आईतबार देखि सबै कार्यालय खुल्ने जनाएको छ ।

अब असारदेखि सेयर बजार शुक्रबार बन्द हुने भएको छ । जेठ महिनादेखि शुक्रबार बन्द हुँदै आएको सेयर बजार असारदेखि भने सो दिन खुल्ने भएको हो ।

नेपाल सरकारले सातामा दुई दिन ९शनिबार र आइतबार० बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार सेयर कारोबार खुलाएर आइतबार बन्द गराउँदै आएको थियो । तर, सरकार आफैले सो निर्णय खारेज गरेसँगै नेप्सेले पहिलाको जस्तै शुक्रबार बन्द हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*