रिलायबल नेपाल लाइफको चौथो साधारण सभा सम्पन्न

२५ जेष्ठ २०७९, बुधबार १४:४८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार लिसरा ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा इन्स्योरेन्सको उक्त सभा सम्पन्न भएको हो ।

उक्त सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव र पुँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । चुक्तापुँजी बृद्धिका लागि कम्पनीले आइपीओ निष्काशन पश्चात् कायम चुक्तापुँजीको आधारमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा स्वीकृतिका लागि निवेदन पेश गरिसकेको छ । स्वीकृति पाएपश्चात कम्पनीले आइपीओ जारी गर्नेछ ।

साथै सोही सभाले यसबाहेक आव २०७६।०७७ मा संस्थागत साामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरेको छ ।

त्यस्तै, चौथो वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ र २०७७ असार मसान्तको वासलात तथा आव २०७६।०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका अनुसूचीहरु अनुसारको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जनामा अन्जु पाण्डे, उदय नेपाली श्रेष्ठ, इन्द्र प्रसाद शर्मा, ग्लोबल आईएमई बैंकको प्रतिनिधिको रुपमा महेश शर्मा ढकाल निर्विरोध निर्वाचित गरेको छ । यसबाहेक सभाले स्वतन्त्र सञ्चालक नियुक्तिको समेत अनुमोदन गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*