मेटलाइफ नेपालद्वारा उत्कृष्ट एजेन्सी प्रतिनिधिहरु सम्मानित

२५ जेष्ठ २०७९, बुधबार १७:१९

काठमाडौँ । मेटलाइफ नेपालले आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।

सन २००३ देखि मेटलाइफले आफ्ना शीर्ष प्रतिनिधिहरुलाई सम्मानित गर्दै आएका छन, साथसाथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरुको बीमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिस्चित गर्दै आएका छन ।

प्राविधिक विकास र डिजिटलाइजेशन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरैमात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नको लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म सुरु गरेको छ । डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम भुक्तानी सेवाहरू पहिले नै सञ्चालन हुदै आएको छ र मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन मार्फत एजेन्सी नेटवर्क बढाउने योजना रहेको छ ।

मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । अधिक जानकारीका लागि www.metlife.com.np मा जानुहोस् वा +९७७–१–५९७०१६६ मा सम्पर्क गर्नुहोस् ।

मेटलाइफको बारेमा
मेटलाइफ ईन्क (NYSE:ET) आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनी (METLIFE) का माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ । अधिक जानकारीकालागि www.metlife.com मा जानुहोस् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*