आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने

२५ जेष्ठ २०७९, बुधबार १९:३०

काठमाडौं। आइएमई पेले जेठ २५ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने भएका छन्।

‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर मार्फत आइएमई पेबाट ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तिर्ने मिति गुज्रिएको सात दिन भित्र भुक्तानी गर्दा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

अफर अवधिभर हरेक महिना एक बिजेताले स्मार्ट घडी जित्न सक्ने पनि कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*