नेपाल लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस शेयर सूचीकृत

२६ जेष्ठ २०७९, बिहीबार १२:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको चैत २१ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सो प्रतिशत दरका १ करोड ७९ हजार ९५९ कित्ता शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*