जन्मदिनमा शैक्षिक सामाग्री हस्तान्तरण 

२६ जेष्ठ २०७९, बिहीबार २१:३२

 

बुटवल । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ तर सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर अप्सरा खत्री दाहालले आफ्नो जन्मदिन फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरेकी छिन् ।

जन्मदिनको अवसरमा बुटवल ११ मजुवा मा रहेको श्री सूर्योदय आधारभूतमा करिब १५० विद्यार्थी लाई शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मोत्सव मानाएकी छन।

आफ्नो जन्मोत्सवमा इन्स्योरेन्स बाट कामएको केही रकम सामाजिक कार्यमा हरेक बर्ष यसरी नै सहयोग गर्दै आएको ; होटल तथा रेष्टुरेन्टमा साथीभाई जम्मा भई रमाइलो गर्नुको साटो सामाजिक कार्य गरि जन्मदिन मनाउँदा पाउँदा आफूलाई छुट्टै आनन्द मिलेको अनुभव सहयोगी दाहाल ले बताएका बताइन ।
इन्स्योरेन्सको माध्यमबाट आर्जन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्नु पुण्यको कार्य भएको र सबैले समाजलाई सकेको सहयोग गर्नु सबैको धर्म भएको धारणा सिटिजन लाईफ इन्स्योरेन्स बुटवल क्षेत्र का क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकालले बताउनुभयो ।

कार्यक्रममा कम्पनिका क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकाल , बुट्वल शाखाका शाखा प्रबन्धक पूर्ण चन्द्र सुवेदी , सिनियर एजेन्सी म्यानेजर लगायत सिटिजन कर्मिहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*