नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, कहिले आँउछ शेयरधनीको खातामा ?

२७ जेष्ठ २०७९, शुक्रबार १२:३३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एकस्चेञ्जमा सूचीकृत भईसकेको छ।कम्पनीको बोनस शेयर यो साताको बिहीबार नेप्सेमा इन्स्योरेन्सको कुल एक करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो।कम्पनीले कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सोही बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो। सेयरधनीको खातामा दोस्रो साता मात्रै आउने भएकोले त्यसपछि मात्रै सेयरधनीले दोस्रो बजारमा कारोबार गर्न पाउने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*