सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न

२८ जेष्ठ २०७९, शनिबार १७:१९

 

पाल्पा । सिटिजनलाइफ इन्स्योरेन्स पाल्पा शाखाले ग्रामीण भेगमा बीमाको पहुच अभिवृद्धि गर्ने उद्देश्यका साथ बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले माथागढी गाउँपालिकाको वडा न. ३ मा रहेको उद्धमशिल सीप बिकास केन्द्र मा आवद्ध सदस्यहरुलाई बिमा शिक्षा प्रदान गरेको छ ।

बीमाशुल्क आर्जन गर्ने नाममा विना ज्ञान बीमा गराउने र बीमाको महत्व तथा बीमाको रक्षाबरण के हो भन्ने नबुझेका ब्यक्तिहरुको बीमा गर्नु भन्दा बीमा के हो र किन आवश्यक छ भन्ने जानकारी गराएर स्वतस्फुर्त रुपमा बीमा गर्ने वातावरण सृजना गर्नको लागि बीमा सचेतना कार्यक्रम संचालन गरिएको शाखा प्रमुख बिजय कार्कीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै उद्धम सिल सीप बिकास केन्द्रका निर्देशक वीर बिक्रम सुनारले बीमा एक विश्वास जितेर काम गर्ने क्षेत्र भएकोले पनि समाजका लक्षित वर्ग महिला, किसान, वृद्ध आदिसँगै आम नागरिकलाई बीमाका बारेमा बुद्धिमतापूर्ण निर्णय लिन सक्ने अवस्थामा पुर्याउन बीमा साक्षरता कार्यक्रमले सहयोग गर्ने बताउनु भयो।
बीमा समितीले बीमा सचेतनाको लागि कम्पनीलाई जिल्लागत जिम्मेवारी दिएपछि सोही अन्तर्गत बीमा साक्षरता कार्यक्रम संचालन गरिएको शाखाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*