नेपाल लाइफको ७३ लाख कित्ता सस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुँदै

३० जेष्ठ २०७९, सोमबार ०९:५४

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गरी ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने भएको छ ।

कम्पनीले आज प्रकाशित सूचना अनुसार कूल आठ करोड २० लाख ७९ हजार ६६५ कित्ता शेयर रहेकोमा चार करोड ९२ लाख ४७ हजार ७९९ कित्ता संस्थापक शेयर र तीन करोड २८ लाख ३१ हजार ८६६ कित्ता शेयर सर्वसाधारणको रहेकोमा अब सो संरचनामा परिवर्तन गर्न लागेको हो । अब कम्पनीको सेयर संरचना ५१ः४९ संस्थापक र सर्वसाधारणको हिस्सा कायम हुनेछ । नयाँ संरचना अनुसार चार करोड १८ लाख ६० हजार ६२९ कित्ता संस्थापक शेयर हुनेछ भने चार करोड दुई लाख १९ हजार ३६ कित्ता शेयर सर्वसाधारणको हुनेछ ।

कम्पनीले विशेष प्रस्तावको रुपमा साधारणसभाबाट पारित भएको र बीमा समितिबाट समेत स्वीकृति पाइसकेको शेयर संरचना परिवर्तन गर्न आज सूचना प्रकाशित गरेको छ । सर्वसाधारण शेयरमा रुपान्तरण हुन नचाहने संस्थापकहलाई ७ दिन लिखित सूचना दिन आह्वान गरिएको छ । त्यसरी शेयर संरचना परिवर्तन गर्न नचाहने लगानीकर्ताहरुले नचाहने संस्थापकले स्वघोषणा गरी निवेदन दिन भनिएको छ ।

नेपाल लाइफको सेयर संरचना हेरफेर सम्बन्धी प्रक्रिया पूरा भएपछि नेप्सेमा सूचिकृत ७३ लाख ८७ हजार १७० कित्ता शेयर सर्वसाधारण शेयरमा रुपान्तरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*