सानिमा लाइफको चौथो बार्षिक साधारणसभा असार २० गते, बुक क्लोज असार ७ गते

३० जेष्ठ २०७९, सोमबार १०:०७

काठमाडौं । जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चौथो बार्षिक साधारणसभा आगामी असार २० गते निर्णय गरी सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार चौथो बार्षिक साधारणसभा सभा स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौँमा बिहान १० बजेका लागि आह्वान गरेको छ । कम्पनीले भर्चुअल र भौतिक रुपमा उपस्थिति जनाउन सकिने गरी साधारणसभा आह्वान गरेको हो । भर्चुअल साधारण सभाको मिटिङ्ग आईडि र पासवर्ड इमेल मार्फत उपलब्ध गराइने इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले मर्जरमा जाने सम्बन्धी निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लैजादैछ । त्यस्तै, हाल कायम चुक्ता पूँजीको कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमध्ये ४.२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२२ प्रतिशत कर प्रयोजनार्थ रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले पुँजि बृद्धि गर्ने निर्णय गर्दैछ । साधारण सभा प्रयोजनका लागि सानिमा लाइफ इन्स्योरेन्सले असार ८ गते शेयरधनी खर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । सो आधारमा असार ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन लाभांश लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*