सूर्या लाइफको बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न, उत्कृष्ट २५ अभिकर्ता सम्मानित

३० जेष्ठ २०७९, सोमबार १५:४३

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार भव्यताका साथ सम्पन्न गरेको छ । इन्स्योरेन्सले एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ उक्त सेमिनार सम्पन्न गरेको हो ।

बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्गको अतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमति प्रदेशका अभिकर्ताहरुको उत्साह जनक सहभगिता रहेको थियो ।
कार्यक्रममा २०२३ को एमडिआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफनो व्यक्तिगतकोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

साथै देशैभरीबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेकोछ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पुर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गर्नु गरेका थिए ।

बागमति प्रदेश प्रमुख शुशिल चापागाईं, बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तलिमहरु दिएका थिए । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपुर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।

उक्त कार्यक्रमबाट आफुले गरिरहेको भन्दा पृथक मार्केटिङ्ग टेक्निक र ज्ञान हसिल गरेको र यसले आगामी दिनमा व्यवसाय बृद्धिको लागि थप उर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरुले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*