विन नेपाल लघुवित्तको साधारणसभा आज बस्दै, लाभांश र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने

३१ जेष्ठ २०७९, मंगलवार ०६:२०

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज (जेठ ३१ गते) बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको आधारमा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत सोही सभाले पारित गर्नेछ ।

यसबाहेक उक्त सभाले अन्य कोही लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्ने खख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत रहेको छ ।

साथै आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह, लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, संचालक समितिमा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचन गर्ने र आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) जेठ १८ गतदेखि जेठ ३१ गतेसम्म तोकेको थियो । यसअनुसार जेठ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावि लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*