नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

३ असार २०७९, शुक्रबार १०:५८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गको बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरको हो ।

नेपाल पुनर्बीमा कम्पनीले एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भन्दै नेपाल राष्ट्र बैंकबाट क र ख वर्गको बैंकहरुलाई कम्पनीको वेबसाइटमा उलब्ध फाराम भरी ७ दिनभित्र कार्यालयमा शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

उक्त प्रस्तावको मान्य आवधि एक महिनाको हुनुपर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*