एलआइसी नेपालद्धारा बीमितहरुलाई दावी भुक्तानी लिन आग्रह

३ असार २०७९, शुक्रबार ११:५३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै बीमा गरी बीमालेख परिपक्क भइसकेका बीमालेखहरुमा दावी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरुलाई कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।

कम्पनीले धनर्फिता योजनामा तोकिएको अवधि पुरा भएर पनि उक्त बीमालेखहरुमा परिपक्क दाबी एप जीवित लाभ दावी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई कम्पनीको केन्द्रीय कार्यालय अर्थात् शाखा कार्यालयहरुमा सम्पर्क गर्न आह्वान गरेको हो ।

साथै कम्पनीले सबै किसिमको भुक्तानीहरु विद्युतीय माध्यमबाट पनि हुने गरेको जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*