सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

३ असार २०७९, शुक्रबार १४:०५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको वीरगंज शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

सन नेपाल लाइफले कलैया १० बारा (लिल्कण्ठवा) बस्ने बीमित मदिना खातुनको अचानक मृत्यु भएकोले निजको श्रीमान महमद समिम अंसारीलाई मृत्यु दाबी भुक्तानी वापतको ५ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

असार २ गते कम्पनीको बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादले सो रकम बराबरको चेक प्रदान गरेका हुन् ।

निज बीमितले गत वर्ष भदौ ३१ गते सन नेपाल लाईफ ईन्स्योरेन्समा बीमा गरेको थिए । उनको गत गत पुष २३ गते राती अचानक मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*