जन्मदिनमा छोरीलाई पाँच लाख ५० हजारको बीमा पोलीसी उपहार

३ असार २०७९, शुक्रबार १८:३६

काठमाडौं। पछिल्लो समय जन्मदिन, विवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै गईरहेको छ। जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।

यसैक्रममा मोरङको सुन्दरहरैचा–१० बस्ने शेर बहादुर श्रेष्ठले आफ्नो आठ बर्षीय छोरी सुहाना श्रेष्ठलाई पाँच लाख ५० हजारको बीमा पोलीसी उपहार दिएकी छिन् ।उनले एशियन लाइफ इन्सोरेन्स कम्पनीको बाल भविष्य पल्स बीमा योजना आफ्नो छोरीलाई उपहार स्वरुप हस्तान्तरण गरेका हुन् । छोरीको जन्म दिनको अवसरमा बीमा पोलिसी उपहार दिन पाउदाँ धेरै खुशी भएको सुहानाको आमा कामला श्रेष्ठलाई बताइन् ।अभिकर्ता सुजाता सुमन परियारले सुहानालाई शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोगी हुने बताइन् ।

त्यस्तै, सोही कार्यक्रममा बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा योगदान पुयाउनुको साथै जोखिम बहन समेत गरेको उपशाखा इन्चार्ज श्याम पोखरेलले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*