लाभांश प्रस्ताव गर्ने नेपाल पुनर्बीमा कम्पनीको निर्णय

५ असार २०७९, आईतवार १०:५७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट चुक्तापँुजी ११ अर्ब ६५ करोड रुपैयाँबाट ५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल सरकार र नियामक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*