एशियन लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्रीमा

५ असार २०७९, आईतवार ११:२२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १२ हजार ५ सय कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिय अघि बढाएको हो ।

नियमअनुसार प्रथम चरणमा उक्त शेयर संस्थापक शेयरधनीहरुलाई नै बिक्री गनुपर्ने भएकोले विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय एशियन लाइफ भवन, मैतीदेवि, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र शेयरधनीहरुबाट कुनै पनि बोलपत्र प्राप्त नभएमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही व्यक्ति, संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*