नेपाल लाइफद्धारा व्यवसायिक कार्यालय प्रयोजनका लागि पोखरामा १८ करोडको घरजग्गा खरिद

६ असार २०७९, सोमबार ११:४२

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा नयाँ कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा जग्गा खरिद गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।

कम्पनीको गत चैत ७ गते बसेको संचालक समितिको बैठकको निर्णय र बीमा समितिबाट गत वर्ष जेठ ३० गते प्राप्त स्वीकृति अनुसार नेपाल लाइफले पोखराको न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं. ९२ को २ वटा घरसहित २९९ वर्गमिटर क्षेत्रफल जग्गा १७ करोड २५ लाख रुपैयाँ र रजिष्ट्रेशन शुल्क ८६ लाख २५ हजार रुपैयाँ गरी जम्मा १८ करोड ११ लाख २५ हजार रुपैयाँमा जग्गा खरिद गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*