गुराँस लाइफद्धारा ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

६ असार २०७९, सोमबार १५:४७

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको भक्तपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्सले जिल्ला धादिङ, छत्रे देउराली वडा नं.४ बसोबास गर्ने आफ्ना बीमित स्व.दिवाकर अधिकारी को मृत्यु दावी वापतको रकम उनले इच्छाइएको व्यक्ति कुमार अधिकारीलाई कम्पनीको भक्तपुर शाखाका प्रमुख शोभा महतले मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेकी छिन् ।

बीमित दिवाकर अधिकारीले चलाएको मोटरसाइकललाई टिप्परले ठक्कर दिदा सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । अधिकारीले रु.पाँच लाख को गुराँस सावधीक जीवन बीमा गराएका थिए ।

उनको हकवाला दाई कुमार अधिकारीलाई कम्पनीले मृत्यु दावी वापत बीमाङ्क रकम, दुर्घटना रक्षावरण लाभ रकम र आर्जित बोनस गरि ११ लाख ६७ हजार (अक्षरुपीःएघार लाख सरसठ्ठी हजार मात्र।)को चेक हस्तान्तरण गरेको छ ।

शाखा प्रमुख शोभा महतले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*