डडेलधुरामा प्राइम लाइफको जीवन बीमा सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

६ असार २०७९, सोमबार १७:०५

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन बमोजिम डडेलधुरामा एक दिने जीवन बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रममा प्रदेश अर्थ मामिला राज्य मन्त्री अम्मर बहादुर साउदको प्रमुख आथित्यता तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार भट्टराईको सभापतित्व र बीमा समितिको प्रदेश प्रमुख ओम अधिकारी र अमरगढी नगरपालिकाको नगर प्रमुखको बिशेष आथित्यता रहेको थियो ।

बीमा समितिले यस अघि निर्जिबन बीमा कम्पनीहरुलाई बीमा जनचेताका लागि जिल्ला तोकिदिएको थियो । उक्त निर्देशन बमोजिम निर्जिबन बीमा कम्पनीहरुले प्रत्येक जिल्लामा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

यसै सन्दर्भमा बीमाको दायरा बढाउन बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि अनिवार्य जिल्ला तोकिदिएको छ । उक्त निर्देशन बमोजिम नै प्राइम लाइफले पनि डडेलधुरामा सो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*