‘ दैनिक एक कप चिया बराबरको रकमले ५० लाखको बीमा गर्न सकिन्छ ’

६ असार २०७९, सोमबार १८:३५

काठमाडौं । दिनको एक कप चिया बराबरको रकमले ५० लाखका बीमा गर्न सकिन्छ ? झट्ट सुन्दा यो कुरामा विश्वास लाग्दैन । तर, रिलायन्स लाइफका इन्स्योरेन्सका डेपुटी सिईओ निराजन कंडेल बीमा त्यो भन्दा पनि सरल र सस्तो भएको दाबी गर्छन् ।

आज याक एण्ड यतीमा भएको कार्यक्रममा कम्पनीले ल्याएको नयाँ पोलेसीको बीमा बारेका धेरै धारणा परिवर्तन गर्ने भन्दै यस्तो बताएका हुन् । उनले बीमा सर्वसुलभ र अत्यावश्यक पनि भइसकेको समेत बताए ।

‘बीमा गर्न ठूलो रकम चाहिंदैन, यसलाई जीवनको एउटा महत्वपूर्ण आवश्यकताको वस्तु हो भन्ने चाहिं पहिले बुझ्नु पर्छ’, उनले भने, ‘बजारमा एक कप चिया खाँदा हुने खर्चजत्तिकै पैसाबाट बीमा गर्न सकिन्छ, त्यो पनि जीवन सुरक्षाको लागि ।’

त्यस्तै, उनले कार्यक्रममा बीमितहरुको आवश्यकतालाई मध्यनजर गर्दै बीमाको प्रडक्ट बारेमा बुझाएर प्रस्तुत गनुपर्ने आवश्यक रहेको बताएका छन् । प्रत्येक जीवन बीमाको नयाँ योजना प्रस्तुत गर्नुपूर्व बीमितहरुको आवश्यकता के हो भन्ने कुरा बीमा कम्पनीहरुले बुझ्नुपर्ने आवश्यक रहेको उनको भनाई छ ।

रिलायन्स लाइफले आज लन्च गरेको नयाँ प्रडक्डको बारेमा बोल्दै डेपुटी सिइओ कंडेलले भने, ‘रिलायन्स लाइफ आफ्ना बीमितहरुको आवश्यकता बुझ्न सँधै तत्पर र अगाडी छ’, उनले भने, ‘दिनहुँ हामीले बीमितहरुलाई बीमा योजनाहरुको बारेमा जानकारी गराई राइट वे मा उहाँहरुको आवश्यकतालाई आइडेन्टिफाई गरेर प्रडक्ट लन्ज गरेका छौं’ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*