पुँजी बृद्धि गर्न सन नेपाल लाइफद्धारा शेयरधनीहरुलाई ६०% रकम जम्मा गर्न आग्रह

७ असार २०७९, मंगलवार १०:४९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले पुँजीबृद्धिका लागि शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न भनेको हो ।

कम्पनीको वैशाख ९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाको निर्णयअनुसार पुँजीबृद्धि गर्न संस्थापक शेयर स्वामित्वको आधारमा थप ६० प्रतिशत रकम थप गर्न बीमा समितिबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले आफ्ना संस्थापक शेयरधनीलाई सो प्रतिशत रकम असार ३० गतेसम्म जम्मा गर्न भनिएको हो ।

सम्बन्धित संस्थापक शेयरधीहरुले असार मसान्तभित्रमा कम्पनीको खाता रहेको बैंकमा रकम जम्मा गरि भौचर कर्पोरेट कार्यालय कमलादी, काठमाडौंमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

नियमक निकाय बीमा समितिले आगामी चैत मसान्तभित्रमा सबै बीमा कम्पनीहरुलाई चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएबमोजिम सन नेपाल लाइफले हकप्रद र मर्जरको बाटो नरोजि आफ्ना संस्थापक शेयरधनीहरुलाई नै शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*