सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ असार २०७९, मंगलवार ११:२१

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने भएसँगै आज मंगलवारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले असार २० गते चौथो वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब रुपैयाँको आधारमा कुल ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २२ प्रतिशत नगद लाभांश गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त प्रस्तावित लाभांश आजसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुले साधारण सभाबाट पारित भएपछि मात्र पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*