प्राइम लाइफका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दाहाल विरुद्ध बीमा समितिमा मुद्धा

७ असार २०७९, मंगलवार ११:५६

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल विरुद्ध बीमा समितिमा मुद्धा परेको छ। कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालको नियुक्तिलाई लिएर बीमा समितिमा उजुरी परेको समितिले जनाएको छ । संस्थागत सुशासन निर्देशिका विपरित उनलाई गैरकानुनी रुपमा नियुक्ति गरिएको कारण दाहाल विरुद्ध बीमा समितिमा मुद्धा परेको हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा बमोजिम दाहालको विषयमा स्पष्ट रुपमा योग्यताबारे सपष्ट नखुलाई नियुक्त गरेको हुँदा मुद्धा परेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*