उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा बीमा सम्बन्धी सचेतना कार्यक्रम, कृषि बीमाका समस्या निराकरण गर्न स्थानियको जोड

७ असार २०७९, मंगलवार १६:०९

काठमाडौं । बीमा समितिले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका जनप्रतिनिधि तथा स्थानीय जनता अन्य सरोकारवालाहरुसँग बीमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

गाईघाट स्थित कोहबर होटलमा भएको कार्यक्रममा बीमा समितिका उप निर्देशक केशव प्रसाद दाहालको विशेष आतिथ्यमा त्रियुगा नरपालिकाका मेयर वसन्त कुमार वस्नेत तथा उप(मेयर महेश्वरी राई लगायत वडा अध्यक्षहरु मनोज कुमार चौधरी, घमान सिं खत्री, उद्धव कुमार थापा, योगेन्द्र बहादुर दाहाल, अमर बहादुर दनुवार, समुन्द्र कोइराला, चुडाराज काफ्ले, हिम राज मगर तथा कार्यपालिका सदस्यहरु बलदेव विश्वकर्मा, रेखा थापामगर, रेणुका श्रेष्ठ र जिल्ला उद्योग बाणिज्य संघका अध्क्षय चुडामणि कार्की तथा त्रियुगा उद्योग बाणिज्य संघका अध्क्षय रमेस रसाइली , बिभिन्न वित्तिय संघ संस्था सहित उदयपुर शाखाका बीम कम्पनीका शाखा प्रमुख, कर्मचारी, कृषक, अभिकर्ता, सर्भेयर, स्थनीय लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधिलाई बीमा सेचतना सम्बन्धी जानकारी गराइएको थियो । यसैगरी, स्थानीय सर्वसाधारणलाई बीमाबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थितहरुले बीमा सम्बन्धी, मर्जर, दाबी प्रकिया, अस्वस्थ(प्रतिस्पर्धा लगायत आन्य जिज्ञाशा राखेका थिए ।

बीमा कम्पनीहरुले समयमा दावी भुक्तानी नगर्ने, कृषि बीमाका समस्याहरु उठाएका थिए । उठाएका समस्या वारे बीमा समितिका उप निर्देशक केशव प्रसाद दाहालले प्रस्ट पारेका थिए ।
अन्तरक्रियामा मेयर वसन्त कुमार वस्नेतले बीमा बारे सचेतना बढाउन जरुरी रहेको र दाबी प्रक्रियालाई झन्झट रहित छिटो छरितो बनाउनु पर्ने जनाउनुभयो । आज बिमा मानिसको मात्रै नभई पशु, कृषि, व्यापारव्यवसाय सबैको हुने भएको हुँदा यसको प्रक्रिया र नितिहरु सहज वनाउन बीमा समितिलाई आग्रह गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*