सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

७ असार २०७९, मंगलवार १७:४९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४.२० प्रतिशत बोनस शेयर बितरणका लागि आज बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ३६७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३५२ रुपैयाँ २१ पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै भोलि नेप्सेमा कारोबार हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजी २ अर्ब रुपैयाँबाट ४.२० प्रतिशत बोनस शेयर र शुन्य दशमलव २२ प्रतिशत नगद लाभांश गरी कुल ४.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

सोही प्रतिशत लाभांश पारित गर्नका लागि सानिमा लाइफले असार २० गते स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौंमा चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*