बीमा पोलिसी उपहार दिँदै श्रीमतीलाई बीमा पत्र

७ असार २०७९, मंगलवार १७:१०

काठमाडौं । प्रिय,मैले मेरो नाममा रु.५० लाखको जीवन बीमालेख जारी गरेको छु र त्यसको लालपुर्जा (पोलिसि) आज मिति लगायत सम्पुर्ण परिवारलाई हस्तान्तरण गर्दैछु भन्दै पाँचखाल, काभ्रेपलाञ्चोकस्थित निरन्जन अधिकारीले आफनी श्रीमतीलाई पत्र लेखेका छन् ।

भविष्यमा आउने भवितव्य र जोखिमको सुरक्षणको लागि बीमा पोलिसी उपहार दिएका भन्दै उनले आफनी श्रीमतीलाई यस्तो पत्र लेखेका हुन् ।

प्रिय श्रीमती जी

आज तिमिलाई एउटा उपहार दिँदै छु । जुन उपहारले तिमिलाई भविष्यमा हुनसक्ने आर्थिक जोखिमबाट बचाउने छ र भविष्य सुरक्षित बनाउने छ । आमाको काखदेखि मसानघाटसम्मको यो यात्रामा कहिले पुर्णबिराम लाग्ने हो कसैले कल्पना त गर्न सक्दैन तर लागिहाल्यो भनेपनि हामिले देखेको सपना र मैले पुरा गर्नुपर्ने दायित्व पुरा गर्ने गरी कसैलाई जिम्मा लगाएको छु, ताकि भविष्यमा हुनसक्ने आर्थिक क्षतिबाट मेरो परिवार किचिनु नपरोेस्,थिचिनु नपरोस ।

प्रिय,मैले मेरो नाममा रु.५० लाखको जीवन बीमालेख जारी गरेको छु र त्यसको लालपुर्जा (पोलिसि) आज मिति लगायत सम्पुर्ण परिवारलाई हस्तान्तरण गर्दैछु ।
अबको २० बर्ष संगै भइएछ भने बर्षैपिछे जम्मा गरेको रकमले छोराछोरीलाई रामै्र पढाउँला, विवाह गरौला र बाकी रहेको रहेको रकमले बुढाबु्ढी बाचुञ्जेल खाउँला, अनि २० वर्ष भित्र केही भैहालेमा क्षतिपुर्तिबापत परिवारमा प्राप्त हुने पैसाले हाम्रा सपना र मैले पुरा गनुर््पर्ने सम्पुर्ण जिम्मेवारी र दायित्व पुरा गर्नू । मैले धेरै दुख सुख गरेर तिमिलाई खुसि र सुखि बनाएकै छु ।

एक गेडो चामल पनि बाँडेर खाउँला, जे लगाउन्छौ त्यही ल्याउला र जे पढ्छौ त्यही पढाउला भनि जन्माएका छोराछोरीको भविष्य आजै देखि सुरक्षित गरिदिएको छु । तिमिलाई थाहा दिएका र नदिएका पनि सम्पुर्ण ऋण, भारलाई आजैका दिनदेखि व्यवस्थापन गरेको छु, ताकि मैले नसक्दा वा नरहँदा ति ऋणका भारहरु तिमिले बोक्न नपरोस् । मानवीय क्षति त कसैले रोक्न सक्दैन तर त्यसबाट हुने आर्थिक क्षतिबाट तिमिलाई आजै मुक्त गरिदिएको छु ।

आजका दिनदेखि परिवारमा एउटा सदस्य (बीमा) थपेको छु, जसले मैले नसकेपनि मेरा सम्पुर्ण दायित्व र जिम्मेवारीहरु पुरा गर्ने छ । जीवनमा धेरै दुख गरियो तर बचाउन आजसम्म सकिएको छैन त्यसैले आजैदेखि अबको २० वर्ष बचत गर्ने एउटा करार गरेको छु, जसले हामिले दुखसुख गरेर वर्षैपिच्छे जम्मा गरेको रकमको जोहो गरिदिने छ, हामिलाई पर्नसक्ने आर्थिक संकटबाट मुक्त गर्नेछ र हामिले कमाउन नसक्ने बेलामा हामिलाई एकमुष्ट बोनस थपेर राम्रै रकम फिर्ता गर्नेछ, उमेर छँदा कमाएको त्यही दाँत फुस्केको बेलामा मिठोमिठो खाउँला, रमाउँला हाम्रा नातिनातिनालाई पनि खुवाउँला ।

प्रिय मेरो उपहारलाई स्विकार गरी एउटा असल श्रीमती, आमा र बुहारी बनी आफ्नो जिम्मेवारी पुरा गर र समस्त आफुले कमाएर घर चलाउने श्रीमान,श्रीमतीहरु, छोराछोरीहरु र बाबुआमाहरुलाई यसैगरि आफ्नो भार र जोखिम हस्तान्तरण गरी आफ्नो परिवारलाई सुरक्षित गर्न पे्ररित गर ।

उहि तिम्रो प्रिय जीवन साथी ,
एउटा असल छोरा, एउटा जिम्मेवार बाबु
निरन्जन अधिकारी पाँचखाल, काभ्रेपलाञ्चोक

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*