विवाहमा जीवन बीमा उपहार

८ असार २०७९, बुधबार ११:२२

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसै सन्दर्भमा आफ्नो श्रीमानको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेकी सृजना भुसालले जीवनसाथी महेश ज्ञवालीलाई रु।५०लाखको जीवन बीमा उपहार प्रदान गरी सुरु गरेकी छिन् ।

कम्पनी बेलबास शाखाबाट रु।५० लाखको शुभारम्भ योजना खरिद गरी जीवनमा विपत्तिले निम्त्याउने आर्थिक समस्याको समाधान गर्न आफूले जीवन बीमा रोजेको र यसले जीवन जोखिम हुँदा आर्थिक सहयोग प्रदान गर्ने भएकाले सबैलाई जीवन बीमा गर्न सुझाव दिएकी छिन् ।

विवाह समारोहमा उपस्थित सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमालले अनुसरणिय कार्य गरेको र सबैले यस्तै कार्य गरेमा सबैको जोखिम बहन हुने, जीवन यात्रा सहज हुने भन्दै नव दम्पतीलाई वैवाहिक जीवनको शुभकामना प्रदान गरे । विवाह समारोहमा उपस्थित आफन्त , जन्तीपक्षले नौलो कामको प्रसंसा गर्दै आफूहरु पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*