छोरीको विवहामा आमाले दिईन् बीमा पोलिसी उपहार

८ असार २०७९, बुधबार १९:२९

काठमाडौं । सन्ततिको सुनौलो र उज्जवल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् ।उनीहरुको पालनपोषण, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ ।

पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ। यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरिदिएकी छिन् । जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस् भन्ने कामना सहित बीमा गरिदिएकी हुन् ।

कम्पनीको कुश्मा शाखाबाट जारी गरिएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गरे । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुँदा सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको उनले बताइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*