मध्यरातिसम्म सनम ब्याण्डसँगै झुम्दै बीमाकर्मी, हिमालयन रिको सक्सेस पार्टीका केही झलक

८ असार २०७९, बुधबार २२:५९

काठमाडौं । भारतको प्रख्यात सनम ब्याण्डसँग रमाईलो गर्दै मध्यरातिसम्म नेपालका बीमाकर्मीहरु झुमेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आयोजना गरेको भारतको प्रख्यात ब्याण्ड सोनाम ब्याण्डसँग नेपाली बीमा क्षेत्रका हस्तीहरु, बीमा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले रमाइलो कार्यक्रम गरेका छन् ।

काठमाडौंको ह्यात होटलमा आयोजित कार्यक्रममा भारतीय गायकहरुले निकै आकर्षक र मनमोहक गितहरु गाउँदा बीमाकर्मीहरु सँगै नाच्ने र गाउने गरेका थिए । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले बार्षिक साढे छ अर्बको व्यवसाय सुनिश्चित गरिदिएपछि आयोजित सक्सेस पार्टीमा बीमा समितिका उच्च अधिकारीहरुको बाक्लो उपस्थिति रहेको छ ।

त्रबनियामक निकाय बीमा समितिका उप निर्देशकदेखि माथिका सबै उच्च पदस्थ अधिकारी, सबै बीमा कम्पनीका सिईओ सहितका उच्च पदस्थ अधिकारी तथा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छाका केही परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*