सानिमा लाइफले असार मसान्तसम्म नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट दिने

९ असार २०७९, बिहीबार ११:४०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले नविकरण बीमाशुल्कमा शतप्रतिशत विलम्ब शुल्क छुट प्रदान गर्ने घोषणा गरेको थियो ।कम्पनीले एक सूचना प्रकाशित गर्दै आगामी असार मसान्तभित्रमा बीमितहरुले नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट लिन सक्ने जनाएको हो ।

इन्स्योरेन्सले कम्पनीको बीमितहरुको नविकरण बीमाशुल्क तिर्न पर्ने समय २०७७ साल जेठ ३० गतेदेखि २०७९ साल जेठ ३१ गतेसम्म मात्रै रहेकोमा सो अवधिसम्म रहि विलम्ब शुल्क लागेको बीमालेखको नविकरण बीमाशुल्क बुझाउँदा बिलम्ब शुल्कमा १०० प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार असार मसान्तभित्रमा सम्बन्धित बीमितहरुले बीमालेखको नविकरण बीमाशुल्क बुझाएर बिलम्ब शुल्कमा शतप्रतिशत छुट लिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*