प्रेसमाथि अवरोध पुराउने हिमालयन रि इन्स्योरेन्सलाई कारवाहीको माग, महासंघद्धारा भत्सर्ना

९ असार २०७९, बिहीबार १७:४४

काठमाडौं । बीमा समितिबाट सार्वजनिक निकायको रुपमा बीमा सेवाको कारोबार गर्न अनुमति प्राप्त हिमालयन रिइन्स्योरेन्सले हिजो काठमाडौंमा आायोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको बारे नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै सार्वजनिक निकायका सार्वजनिक कार्यक्रमहरुमा निर्वाह समाचार संकलनको वातारण बनाउन माग गरेको छ । साथै घट्नामा संलग्न दोषीमाथि कारवाहीको माग समेत गरिएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीले यही असार ८ गते साँझ ५ः३० बजेदेखि बौद्धस्थित होटल ह्यातमा आयोजना गरिएको ‘हिमालयन रि इन्स्योरेन्स रेन्डेभोस २०२२’ कार्यक्रम समाचार संकलनको लागि पुगेका ५० जना भन्दा बढी पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको तथा भित्र प्रवेश गरेका पत्रकारहरुलाई समेत बाहिर निकालिएको थियो ।

उक्त घटनाले सार्वजनिक निकायका कार्यक्रमहरुमा निर्वाध उपस्थित भई समाचार संकलन गर्न पाउने पत्रकारहरुको संवैधानिक हकका हनन भएको भन्दै महासंघले भत्र्सना गरेको हो ।

सार्वजनिक पद धारण गरेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा आफै आयोजक रहेको उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नोपल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमालसहितका सार्वजनिक पद धारण गरेका व्यक्तिहरु उपस्थित थिए ।

‘उच्च पदस्थ व्यक्तिहरू सहभागी सार्वजनिक कार्यक्रममा समाचार संकलनका लागि पुगेका ५० भन्दा बढी पत्रकारलाई कार्यक्रम स्थलमा प्रवेश रोक लगाउनुका साथै कार्यक्रम स्थल प्रवेश गरिसकेका १० भन्दा बढी पत्रकारलाई आयोजक पक्षबाट बाहिर निकालिएको थियो ।’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

हिमालयन रिका अध्यक्ष शेखर गोल्छा, कार्यकारी निर्देशकद्धय दीपक श्रेष्ठ र मनिष मिश्र

 

सार्वजनिक निकायका कुनै पनि विषयमा पत्रकारलाई समाचार संकलन र संप्रेषण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको अवस्थामा हिमालयन रि इन्स्योरेन्स कम्पनीले संविधान र कानुन विपरित हुने गरी सार्वजनिक व्यक्तिहरु उपस्थित कार्यक्रममा बलपूर्वक पत्रकारहरुलाई रोकिएको कार्यले प्रेसले गर्ने निर्वाध कार्यमा बाधा पुगेको जनाएको छ ।

‘उच्च पदस्थ सहभागी कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु, बलजफ्ती निकालिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक काम हो । हासंघ प्रेसविरोधी यस्ता कार्यको कडा रूपमा भत्र्सना गर्दछ’, महासंघका महासचिव पुरीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

यसैबीच, पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले पनि सार्वजनिक व्यक्ति उपस्थित हुने र सार्वजनिक पद धारण गरेको व्यक्ति आफै आयोजक रहेको तथा सार्वजनिक निकाय भनेर प्रष्ट किटान गरिएको संस्थाले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेश रोक्ने कार्य गैर संवैधानिक रहेको भन्दै उक्त कार्यमा संलग्न व्यक्तिहरुमाथि कारवाही गर्न माग गरेको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी तथा नेपाल इन्भेष्टमेन्ट बैंकमा लामो समय काम गरेर एक वर्षअघि मात्रै हिमालयन रिमा प्रवेश गरेका दिपक श्रेष्ठ तथा भारतीय नागरिक मनिष मिश्रले उक्त कार्यक्रममा पत्रकारहरुलाई अबरोध पुर्याएका थिए ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले प्रेसलाई अबरोध गर्ने कार्यमा संलग्न व्यक्तिहरुमाथि कारवाही गर्न माग गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख गोविन्द्र रिजालले प्रशासनमार्फत पत्रकारहरुलाई सार्वजनिक कार्यक्रममा नरोक्न निर्देशन दिँदा समेत हिमालयन रिका श्रेष्ठ र मिश्रले अबरोध पुर्याएका थिए ।

 

 

press release people volenters journalist forum asar 9

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*