रिलायबल नेपाल लाइफद्धारा घातक रोग बापत बीमा दाबी भुक्तानी

९ असार २०७९, बिहीबार १८:५२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले बीमितलाई घातक रोग वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मस्र्याङदी गाउँपालिका वडा नं. ३ टुनिखर्क निवासी टेक बहादुर गुरुङलाई घातक रोग बापतको ९ लाख रुपैयाँ भुक्तानी गरेको हो । उक्त रकम मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गरेका हुन् ।

रिलायबल लाइफ लमजुङ शाखाले मस्र्याङदी गाउँपालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनमाया थापा लगायत ९ वटै वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना तथा सम्मान गर्दै घातक रोग बीमा दाबी भुक्तानी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*