पास्नीको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

१० असार २०७९, शुक्रबार १२:०२

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह उत्सव, पास्नी जस्ता उपलक्ष्यमा नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच ललितपुर महानगरपालिका वडा नं. ९ निवासी रुबी श्रेष्ठले आफ्नो छोरा रिभान महर्जनलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चाबहिल शाखाबाट जारी सिटिजन बाल भविष्य योजनाको बीमा पोलिसी उपहार दिएकी हुन् ।

छोराको भविष्यमा हुनसक्ने जोखिम बहन गर्नलाई सिटिजन बाल भविष्य योजनाको बीमा पोलिसी खरिद गरेर उपहार दिएकी उनले बताइन् । श्रेष्ठले छोराको सुनिश्चित भबिष्य को खातिर पास्नीको अवसर पारेर ५० लाख रुपैयाको बीमा पोलिसी उपहार प्रदान गरेकी हुन् ।

५ वटा अतिरिक्त् सुबिधा सहित को बाल भबिश्य योजना बिमा अबधि समाप्ती मा बीमाङ्क रकम र बोनस रकम एकमुस्ट पाइने उक्त कार्यक्रम मा उपस्थित चाबहिल शाखा प्रमुख दिपक बस्याल ले जानकारी गराएका थिए ।

थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको माध्यमले बचत सङ्ग–सङ्गै आफ्नो जीबनमा आइपर्ने जोखिम समेत बहन गर्ने भएकाले बाल भबिस्य योजना छनोट गरेको आमा रुबी श्रेष्ठले बताइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*