सूर्या लाइफ र ज्योती लाइफबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल

१० असार २०७९, शुक्रबार १५:०२

काठमाडौं । सूर्या लाइफ र ज्योती लाइफ इन्सोरेन्सबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल सुरु भएको छ ।दुई बीमा जीवन कम्पनीमा क्रस होल्डिङ रहेको कारण बीमा समितिले मर्जरको लागि दबाब दिईरहेका छन् । यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना रहेको सूर्या लाईफ इन्सोरेन्स स्रोतले जनाएको छ ।

यदि सहमतीको क्रममा छलफलमा समझदारी नभएमा भने मर्जरले अन्तिम रुपमा नपाउने देखिन्छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले पनि क्रसहोल्डिङको समस्या भएकाहरुलाई मर्जर जानका लागि दबाब दिइरहेको थियो ।क्रसहोल्डिङ घटाउनका लागि भनिएको र कि त पुँजि वृद्धिमा जोड दिनुपर्यो कि त मर्जर हुने बीमा समितिका अध्यक्ष सूर्यराज सिलवालले विभिन्न कार्यक्रम मार्फत बताँउदै आईरहेका छन् ।

त्यस्तै, यी दुबै कम्पनीले मर्जरको विकल्पको लागि अन्य बीमा कम्पनीहरुसँग पनि छलफल अघि बढाईरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*