सविनका बाबुलाई युनियन लाईफले दियो ३७ लाख ९४ हजार दावि भुक्तानी

११ असार २०७९, शनिबार ११:४९

 

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्य दावि भुक्तानी गरेको छ । कम्पनीको काभ्रेजिल्ला पनौती शाखाले बीमा दावि भुक्तानी गरेको हो ।
कम्पनीले पनौती नगरपालिका वडा नं. २ कुशादेवी बस्ने वर्ष २६ का सविन हुमागाईको क्यान्सर बाट २०७८ चैत्र २ गते मृत्यु भएपछि उनको बाबु श्री नारायण हुमागाईलाई कम्पनीको तर्पmबाट बनेपा एरिया इन्चार्ज दोर्जे लामा तथा पनौती शाखा प्रमुख विक्रम धौगोडाको उपस्थितिमा मृत्य दावि बापतको चेक हस्तान्तरण गरेका छन् ।
पेशाले इन्जिनियर मृतक सविन हुमागाईले २०७६ कात्तिक २९ गते रु. ३५ लाख को वार्षिक अग्रिम मुक्तानी पोलिसि लिएका थिए । बीमा गरेको ३ वर्ष पुरा नहुँदै क्यान्सरबाट उनको मृत्यु भएको थियो । मृत्युभएपछि बोनस सहित उनको परिवारले रु. ३७ लाख ९४ हजार प्राप्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*